कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं। कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक भएको छ । समयतालिका अनुसार परीक्षा भदौ ३० गतेबाट हुने भएको छ।

 

 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको हो।

 

 

 

कोरोनाका कारण यसअघि स्थगन गरिएको कक्षा १२ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत)तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी हुने कार्यालयले जनाएको छ।