मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरु छलफलमा

काठमाडौं ।सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ ।

 

मन्त्रिपरिषदलाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बसिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

 

 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

 

 

 

जसपाका अध्यक्ष उपेन्द्र यादव काठमाडौं उपत्यकाबाहिर रहेकाले बैठकमा उपस्थित नरहेको स्वकीय सचिव देउवाले बताए ।

 

 

सत्ता गठबन्धनका नेताहरुको बैठकले मन्त्रिपरिषदबारे टुंगो लगाउन नसकेपछि शीर्ष नेतालाई टुंग्याउन जिम्मेवारी दिइएको छ ।

 

 

सत्ता गठबन्धनमा मन्त्रालय संख्या र कुन कुन मन्त्रालय लिने भन्ने विषय टुंगिन सकेको छैन । जसका कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।