प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको नवौँ अधिवेशन अन्तर्गत चौथो बैठक आज पनि बस्ने भएको छ । प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आइतबार दिउँसो १ बजे पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

 

 

संघीय संसद् सचिवालयले आजको बैठकका सम्भावित २३ कार्यसूची तय गरेको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।

 

 

आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ । शनिबार बसेको एमाले स्थायी समिति बैठकले अवरोध कायमै राख्ने तर सांसदलाई मर्यादित भएर विरोध गर्न निर्देशन दिइसकेको छ । यसबारे अझ स्पष्ट पार्न एमाले संसदीय दलको बैठक अपराह्न १२ बस्न लागेको छ ।

 

यी हुन् सम्भावित कार्यसूची