युभेन्ट्सको दोस्रो हार, नापोली शिर्षस्थानमा

काठमाडौँ । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले दोस्रो हार व्यहोरेको छ । शनिबार रातिको खेलमा युभेन्ट्स घरेलु टोली नापोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

 

 

खेलको दशौँ मिनेटमा अल्भारो मोरटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५७औँ मिनेटमा माटियो पोलीटानोले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ८५औँ मिनेटमा कालिडोउ कोउलीबलीले गोल गर्दै नापोलीलाई २-१ को जित दिलाए ।

 

 

लोरेन्जो इन्सिङ्गेको कप्तानीमा मैदान आएको युभेन्ट्स एक गोलको अग्रता जोगाउन नसक्दा दोस्रो खेलमा पराजित हुन बाध्य भयो ।