डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य हुदैन् : पौडेल समूह

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य नहुने बताएको छ । पौडेल समूहका केन्द्रीय सदस्यहरुको सोमबार बसेको बैठकले डडेलधुरामा पुनः वडा अधिवेशन गर्न माग गरेको छ ।

 

साथै त्यहाँ देखिएको अनियमितता र स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा नदोहोर्‍याउनसमेत खबरदारी गरेको छ ।

 

 

‘जुन किसिमको भयो भनिएको छ, त्यसलाई स्वीकार गर्न तयार छैन’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘महाधिवेशन निष्पक्ष हुन्छ भनेर सभापतिले डडेलधुराबाटै विश्वास दिलाउनुपर्छ ।’