गुडिरहेको बसमा ढुंगा खस्दा बैतडीमा एक जनाको मृत्यु

काठमाडौँ । पाटन नगरपालिका-८ झ्याउलेखस्थित सडकमा गुडिरहेको बसमा ढुंगा खस्दा मंगलबार बिहान एक जनाको मृत्यु भएको छ ।

 

 

महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोसँगै खसेको ढुंगाले लाग्दा बसमा सवार बझाङ थलारा गाउँपालिका-५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

 

ढुंङगा खसेर लाग्दा अन्य तीन जना घाइते भएका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी खोड्पेबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाएको छ ।