सत्तारूढ गठबन्धन जसपाले संविधान दिवस बहिस्कार गर्ने

काठमाडौं। सरकारले आयोजना गर्ने संविधान दिवस कार्यक्रम सत्तासाझेदार दल जनता समाजवादी पार्टी जसपाले बहिस्कार गर्ने भएको छ ।

 

 

 

सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको विरोध गर्न, संविधान दिवसका सबै कार्यक्रम बहिष्कार गर्न आह्वान गरेका छन् ।

 

 

उनले संविधानका विभेदकारी व्यवस्था तथा त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि देशैभरि ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम गर्न पार्टी संगठन र आमजनसमुदायलाई आह्नान गरेका हुन् ।

 

 

सरकारले जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेस जनविद्रोह लगायतका आन्दोलनको बेलामा भएका सम्झौताहरु, अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषयहरु तथा जनताको अभिमतलाई समेत अनादर गरेको अध्यक्ष यादवले बताएका छन् ।

 

 

 

सरकारले विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटिपूर्ण संविधान मधेसी, आदिवासी जनजाति दलित, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।