यी तीन जनाले गरे विभूषण नलिने घोषणा

काठमाडौं।संविधान दिवसका अवशरमा सरकारले प्रदान गरेका विभिन्न विभूषणहरु नलिने घोषणा गर्ने क्रम बढेको छ । अहिलेसम्म पूर्वमन्त्री पीएल सिंह, पत्रकार हरिबहादुर थापा र कार्टुनिस्ट रविन सायमीले नलिने घोषणा गरेका हुन् ।

 

 

 

संविधान दिवस २०७८ को अवसरमा सरकारले सिंह र थापालाई ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ र सायमीलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो ।

 

 

 

वर्तमान संविधानलाई आफूले स्वीकार नगरेकाले विभूषण अस्वीकार गरेको सिंहको भनाइ छ । यस्तै सायमीले पदक वितरण दलीय प्रभावबाट मुक्त हुन नसकेकाले विभूषण नलिने निर्णयमा पुगेको बताए ।

 

 

 

थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘पदकबारे मेरो मान्यता जनप्रतिनिधिले लेखेको हाम्रो संविधान सातौँ वर्षमा प्रवेश गरेको अवसरमा संविधानवाद अझ सुदृढ हुँदै जाओस्, लोकतान्त्रिक शैली व्यवहारमा देखिँदै जाओस्। सबैलाई मेरो हार्दिक शुभकामना।

 

 

 

आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद। विगतमा मलाई पदकका लागि पटक पटक सोधिएको र मैले अस्वीकार गरी आएको जानकारी गराउँछु।

 

 

यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ। सु प्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लेखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु।

 

 

मैले मानपदवी, अलङ्कार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु।

 

 

 

राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ।कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ।

 

 

 

‘सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु,’ उनले ट्वीटरमा लेखेका छन् । यस्तै पत्रकार हरिबहादुर थापाले पनि सुप्रबल जनसेवाश्री पदक अस्वीकार गर्ने घोषणा गरेका छन् ।