सशस्त्र प्रहरीका सिपाहीको राशनमा घोटला गर्ने एक दर्जन गणपति र गुल्मपतिहरुमाथि छानवीन शुरु

काठमाडौ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमणका घट्ना बढेको तथा राशन र सीमामा बद्मासी बढेको भन्दै एक दर्जन गणपति र गुल्मपतिहरुमाथि छानवीन शुरु गरेको छ ।

 

 

उनीहरुलाई सशस्त्र प्रहरी बलका गणपति गुल्मपतिहरुमाथि माथि मुख्यालयले छानबिन शुरु गरेको छ । खास गरि २ नम्बर प्रदेश अन्तर्गत सर्लाही स्थित १० नम्बर गणका एसपी गंगाराम श्रेष्ठ , ६ नम्बर गण सप्तरीका एसपी राजु श्रेष्ठ तथा ७ नम्बर गण सिरहाका एसपी दिपेन्द्र गिरी छानबिनमा तानिएका छन् ।

 

 

कञ्चनपुर लगायतका देशका विभिन्न भागमा सीमा सुरक्षामा खटिएका प्रहरी जवानमाथि भारतीय तस्करहरुले आक्रमण गरेको घट्ना सेलाउन नपाउदै मुख्यालयले उनीहरुमाथि छानवीन शुरु गरेको हो ।

 

 

बिगतदेखि नै ति जिल्लामा तस्करी बढेको र त्यसलाइ २ नम्बर बाहिनिका प्रमुख डीआईजी चन्द्र प्रकाश गौतमको समेत संरक्षण रहेको मुख्यालयको बुझाइ छ । माछा र आलु समात्ने तर ठुला तस्करीमा आंखा चिम्लने गरेको आरोप डीआईजी माथि छ ।

 

 

यति मात्र होइन अहिले २ नम्बर प्रदेश बाट ब्यापक मात्रामा तस्करी भइरहेको श्रोतको दाबी छ । यता पहाडका गुल्म बाट अधिक बिदा छोडेर राशनमा अनियमितता गर्ने माथि पनि सशस्त्र मुख्यालयले सुक्ष्म ढंगले निगरानि बढाएको बुझिएको छ ।

 

 

 

बिभिन्न आबरणमा निगरानि बढाइएको छ , यसमा बिशेष गरि भोजपुरका गुल्मपति डीएसपी दिपक बराल , पांचथरका डीएसपी किशोर श्रेष्ठ , दोलखाका डीएसपी बुद्धिनारायण महर्जन लगायत छन् ।

 

 

सशस्त्र प्रहरीमा गणपति र गुल्मपतिले मूख्यालयलाई छलेर अधिकतम सिपाहीहरुलाई घर विदामा छाड्ने गरेका छन् ।

 

 

घर विदामा जाँदा राशन वलापतको रकम गुल्पति वा कमाण्डरलाई बुझाउने गरिन्छ । यस विषयमा सशस्त्र प्रहरी मूख्यालयको सञ्चार शाखाले अनभिज्ञता प्रकट गरेको छ । अब सशस्त्र मुख्यालयले सुक्ष्म ढंगले निगरानि बढाएको बुझिएको छ।