मेस्सीको गोल, सिटीमाथि पिएसजीको जित

काठमाडौं। स्टार खेलाडी लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) सँग अनुबन्ध भएपछि पहिलो पटक गोल गरेका छन्।

 

 

 

मेस्सीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ए को दोस्रो चरको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गर्दा पिएसजीका लागि पहिलो गोल हो।

 

 

घरेलु मैदान पार्क डे प्रीन्सेसमा यो मेस्सीको पहिलो गोल हो। पिएसजीको जितमा मेस्सी र इड्रीशा गुयेले १/१ गोल गरे ।

 

 

प्रतिस्पर्धात्मक खेलमा इन्ड्रिशाले खेलको आठौं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता बनाए। दोस्रो हाफको ७४ मिनेटमा मेस्सीले दोस्रो अग्रता बनाए।

 

 

 

खेलको ७४ मिनेटमा केलियन एम्बाप्पेको पासमा मेस्सीले गोल गरे । एमबाप्पेसग वान टु पास खेल्दै मेस्सीले २० यार्डबाट गोल गरेका थिए। बार्सीलोनाबाट पिएसजी आएपछि मेस्स्सीले चौथो खेलमा गोल गरेका हुन्।

 

 

 

 

जितसँगै पिएसजी समूह ए को शीर्ष स्थानमा छ। २ खेलबाट ४ अंक छ। पराजित म्यान सिटीको भने २ खेलबाट ३ अंक छ। समूहको अर्को खेलमा क्लब ब्रुगले आर बी लाइपजिगलाई २-१ गोल अन्तरले पराजित गरेको छ।