क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिग नेपालको विरोध सभा सम्पन्न (फोटो फिचर)

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग नेपालको आयोजनामा आज युवा -यालि तथा विराेध सभा सम्पन्न भएको छ।

 

 

 विराेध -यालि शान्तिबाटिका हुँदै पुरानाे बसपार्क ,भृकुटिमण्डप , भद्रकाली,सुन्धारा, न्यूराेड,इन्द्रचाेक,असन,भाेटाहिटि हुँदै फेरि शान्तिबाटीकामा आएर काेणसभामा भएकाे थियाे। 

 

विरोध -याली कार्यक्रमलाइ सम्बोधन गर्दै महासचिव किरणले राष्ट्रय स्वाधिन्ता कमजाेर बनाउन लागिरहेकाे उँहाले बताउनु भयाे, अहिलेको यो संसदीय व्यवस्थालाइ अदालतले पर्णरूपमा असफल भएको पुष्टि गरेको र कम्युनिष्ट भनेर प्रचार गरि रहेका कमाउनिष्ट अवसरवादीहरूले विभिन्न नाटक गरि रहेको आरोप लगाउनु भयो ।

 

 

एमसीसीकाे बारेमा बाेल्दै वैद्यले भने अमेरिकी सरकारको नीति तथा कानुन भविष्यमा कस्तो बन्छ हाम्रो नियन्त्रणमा छैन, यो परिवर्तनशील छ, जसरी अमेरिकी कानुन र नीति परिवर्तन हुन्छन, यो सम्झौता पनि त्यसैको नियन्त्रणमा हुन्छन र त्यसो हुँदा नेपालले त्यसलाई पूर्ण स्वीकार्नुभन्दा केही प्रतिवाद गर्न सक्ने कुनै अधिकार हुँदैन ।

 

 यस्तो नियन्त्रण गर्न नसकिने प्रावधानलाई टेकेर भोलि कुनै पनि हालतमा सम्झौता रद्द हुने हो भने दफा ५ (३) र ५(४)अनुसार एमसीसीले लगानी गरेको सबै पैसा दैनिक गणना हुने ब्याज रकम सहित एमसीसीलाई एमसीसीले भनेको खातामा अमेरिकी डलरमा फिर्ता गर्नु पर्ने  हुन्छ। त्यसैले एमसीसी परिमार्जन हाेइन खारेज हुनु पर्छ उँहाले भन्नु भयाे ।  

 

त्यस्तै एमसीसी परियोजना इस्ट इन्डिया हिन्द प्रशान्त सैनिक रणनिति अन्तरगत नै भएको र नेपाललाइ प्रयोग गरेर चिन र अन्य देशहरूलाइ निसानामा राख्ने योजना बनाएकाे उँहाले बताउनु भयो ।

 

नेपालमा एमसीसी कुनै पनि हालतमा पास गर्नु हुँदैन यदि पास गर्ने कुचेस्टा गरेमा सम्पूर्ण देशभक्तहरू एक भएर लड्नु बाहेक अर्को विकल्प नभएको उँहाले बताउनु भयो। एमसीसीको विराेधमा हाम्रो पार्टीले मात्र नभएर देशभक्त क्रान्तिकारीहरू सबैले विरोध गरि रहेको उँहाले बाताउनु भयो।

 

त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले यही स्थितिमा एमसीसी पसा गर्न खाेजे देशकाे लागि बलिदान दिन तयार रहेकाे उँहाले बताउनु भयाे। त्यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सबै प्रकारका विकृति,विसङ्गतिको अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, नि:शुल्क एवम् सर्वसुलभ गराउन निरन्तर सङ्घर्षरत रहेको बताउनु भयाे । 

 

 

त्यस्तै अहिलेको यो सरकारले जनताको स्वास्थ्यको बारेमा जिम्मा लिनु पर्दैन् ? जनता प्रति जफादेही हुनु पर्दैन ? राष्ट्रघाती र जनघात गर्न र माफियाहरूलाइ लुट मचाउन मात्र  याे सरकार  अगाडी रहेकाे गजुरेलले आरोप लगाएका छन्।  

 

त्यस्तै देशकाे राष्ट्रिय स्वाधिन्तासँग कसैले धाव बाल्न खाेज्छ भने हामी युवा बलिदान दिन र  रगतकाे खाेला बगाउन तयार छाै भन्दै सम्पर्क मंचका संयाेजक खड्काले चेतावनी दिएका छन् । 

 

सो कार्यक्रमका प्रमुख अथिति मोहन वैद्य किरण,अथितिहरू अखिल क्रान्तिकारीका अध्यक्ष हिकृष्ण गजुरेल, काठमाडौं जिल्ला इन्चार्ज शारदा महत,क्रान्तिकारी युवा लिग नेपालका केन्द्रिय अध्यक्ष अमिर महर्जन, सम्पर्क मञ्चका संयोजक विष्णु खड्का, अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियान महासंघका महासचिव वसन्त बोगटी, युवा लिग ३ नं प्रदेशका संयोजक तथा कार्यक्रमका अध्यक्ष केशव धैलाकोटीलगायतका नेताहरूको सहभागिता रहेको थिए।