नेपालमा थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि, थप ८ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर तथा एन्टिजिन परीक्षणका क्रममा बुधबार १ हजार १५७ जनामा संक्रमण पुष्टि भएको हो।

 

 

आज पीसीआर र एन्टिजिन विधबाट गरी १४ हाजर ५४१ जनाको नमूना परीक्षण गरिएको थियो।

 

 

मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको पीसीआर परीक्षण गर्दा ८९२ र ३ हजार ८८९ जनाको र एन्टिजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो।

 

 

मन्त्रालयका अनुसार आज देशभरी  थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ।

 

 

एक हजार १ सय १३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। त्यस्तै काठमाडौं उपत्यकामा थप तीन सय ३५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ६५ जना, भक्तपुरमा २८ जना र ललितपुरमा ४२ संक्रमित थपिएका हुन्।