यातायात व्यवसायीले सडकमै गाडी तेर्साएर आन्दोलन,यात्रुलाई गन्तव्यमा पुग्न सास्ती

काठमाडौं ।यातायात व्यवसायीले भाडा समायोजनको माग राख्दै उपत्यकामा सार्वजनिक यातायातका साधनहरु सडकमा तेर्साएर आन्दोलन थालेका छन् ।

 

 

बढेको भाडादर कायम नभएको भन्दै यातायात व्यवसायीहरुले सडकमा गाडी तेर्साएर आन्दोलन गरेका हुन् ।

 

 

 

उपत्यकाको विभिन्न स्थानमा सार्वजनिक सवारी साधन सडक ल्याएर सडक नै अवरुद्ध पारेपछि ट्राफिक व्यवस्थापनमा समस्या परेको छ भने यात्रुले सास्ती खेप्नु परेको छ ।

 

 

 

सरकारले यसअघि बढाएको भाडादर समायोजन नगरेको भन्दै आन्दोलनमा उत्रने परेको यातायात व्यवसायीले बताएका छन् ।

 

 

 

महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजीव शर्मा दासले भने बढी भाडा लिने सवारीसाधनलाई कारवाही गर्न खोज्दा व्यवसायीहरू आन्दोलनमा उत्रिएको बताए ।

 

 

‘तोकिएको भन्दा बढी भाडा लिने ५१८ गाडीलाई कारवाही गर्न खोजेपछि विरोधमा उत्रिएका हुन्,’ दासले भने ।

 

 

उपत्यकाको रिङरोड, चाबहिल, जोरपाटी लगायतका क्षेत्रमा सवारी साधन सडकमा ल्याएर सडक अवरुद्ध बनाएको छन् । कार्यालयको समयमा यातायात बन्द हुँदा कर्मचारी तथा सवारी कुरेर बसेका यात्रुहरू गन्तव्यमा पुग्न पाएका छैनन् ।