आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

हाल भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ।

 

 

 

हाल मौसमको अवस्था देशभर आँशिक देखि सामान्य बदली रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

 

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनु हुन अनुरोध छ।