मुगुमा बस दुर्घटना हुँदा ,२३ जनाको मृत्यु

काठमाडौं। मुगुमा मंगलबार भएको बस दुर्घटनामा २३ जनाको मृत्यु भएको छ ।

 

 

नेपालगञ्जबाट दसैं मनाउन मुगुका स्थानीय बासिन्दा लिएर आउँदै गरेको बस छायाँनाथ नगरपालिकाको पीनागाउँमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

 

 

बस भीरबाट धेरै तल झरेकोले घाइते तथा शवहरु संकलन गर्ने काम भइरहेको प्रजिअ महतले बताए । दुर्घटनास्थल दुर्गम भएकाले उद्दारमा कठीनाइ भएको छ ।