गैंडाकोटको मौलाकालीका मन्दिरमा नवदुर्गाको फूलपातीमा दर्शनार्थीको ओईरो

काठमाडाैं।   नवदुर्गाको सातौं दिन नवलपुर गैंडाकोटको मौंलाकालिका मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुईचो लागेको छ।

 

 

 

हरेक वर्ष सयौंको संख्यामा भरतपुर गैडाकोट आसपासका क्षेत्रबाट हिन्दु धर्मावलम्बीहरु बिहान ४ बजेदेखि कालिका भगवतीकदर्शनको लागि आउने गरेको स्थानीयहरु बताउँदछन्।

आज मन्दिरको भिडभाडलाई व्यवस्थापन गर्न प्रहरीको एक टोलीसमेत परिचालन गरिएको थियोे।

 

 

नारायणगढ बजारबाट पौने घण्टाको समयमा मन्दिर स्थलमा पुग्न सकिने स्थानीय दर्शनको लागि आएका भरतपुर-१६, विजयनगरका चक्रधर पौडेलले बताए। आज मन्दिर परिसरमा भजनकिर्तन समितिले भजन संचालन गरेको थियोे।

 

 

 

ठिक दिउँसो १२ बजे पुजा कोठामा डोलीसहित फुलपाती भित्र्याउने कार्यक्रम रहेको भजनमा संलग्न पिताम्बर सापकोटाले बताए।ो सातौं दिनमा कालरात्री भगवतीको पुजा गर्ने हिन्दु परम्परा रहीआएको छ।दिउँसो १२ बजे पुजा कोठा वा दशैं घरमा फूलपाती भित्र्याउने प्रचलन रहिआएको छ।

 

 

 

मौलाकालिका भगवतीको दर्शन गरेर मनले आटेक‍‍‍ो कुरा पूरा हने किंवदन्ती वर्षौंदेखि रहिआएकोले हरेक हिन्दु पर्वहरुमा हिन्दु धर्मावलाम्बीको बाक्लो भिड लाग्ने गरेको मन्दिर अनुगमन समितिका सदस्य काशीनाथ कडेलले बताए।