आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ।

 

 

हाल मौसमको अवस्था सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाकी भूभागमा सामान्यतया सफा रहेको छ।

 

 

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै आज राती देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

 

 

देशको पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।