ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा १८ जना घाइते

काठमाडौं। ताप्लेजुङमा बोलेरो जिप दुर्घटना भएको छ । जसमा सवार १८ जना घाइते भएका छन्।

 

 

ताप्लेजुङ सदरमुकामबाट सिरिजङ्घा गाउँपालिकाको तेल्लोकतर्फ जाँदै गरेको जिप मेची राजमार्गअन्तर्गत ल्याङ्बामा दुर्घटना भएको ताप्लेजुङ प्रहरीले जनाएको छ।

 

 

 

मे १ ज २०५६ नम्बरको बोलेरो जिप दिउँसो १२ः३० बजेतिर ब्रेकफेल भई दुर्घटना भएको जिल्ला प्रहरी प्रमुद डिएसपी बानबल नरसिंह राणाले बताए। दुर्घटनामा परी घाइते हुनेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ।

 

 

 

सामान्य घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र गम्भीर घाइते सात जनालाई थप उपचारका लागि झापा पठाइएको डिएसपी राणाले बताए।

 

 

क्षमताभन्दा बढी यात्रु बोकेका कारण ब्रेकफेल भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।