कारोबार सुरु भएको दोस्रो दिन सेयरबजार ६९ अंकले ओरालो

काठमाडौं। दसैँपछि कारोबार सुरु भएको दोस्रो दिन आज सोमबार सेयर बजार ओरालो लागेको छ। आज सोमबार सेयर बजार दोहोरो अंकले घटेको हो।

 

 

 

सेयर बजार आज ६९ दशमलब ५१ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ५ सय ८७ दशमलब ४५ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

 

२ दशमलब ६२ प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ५ सय ८७ दशमलब ४५ विन्दुमा पुगेको हो।

 

 

 

आइतबार १७ दशमलब ५९ अंकले बढेको सेयर बजार सोमबार ओरालो लागेको हो। आज ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता सयेर २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँमा कारोबार भएको छ।

 

 

 

 

सेयर बजार घटे पनि आइतबारको तुलनामा आज कारोबार रकम भने बढेको छ। हिजो १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३ सय ७१ रुपैयाँमा कारोबार भएको थियो।

 

 

 

यस्तै आज ट्रेडिङ बाहेक अन्य समूह घटेका छन्। ट्रेडिङ उप–समूह  दशमलब ६३ प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै फाइनान्स उप–समूह ४ दशमलब २६ प्रतिशतले घटेको छ।