आज दिउँसो बागमती प्रदेशसहित यी प्रदेशहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि भारी वर्षाको सम्भावना

काठमााडौं।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ।

 

 

हाल मौसमको अवस्था देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भूभागहरूमामा सामान्य देखि पूर्ण बदली रहेको छ।

 

 

प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाकी प्रदेशका एकदई स्थानहरूमा हल्का देखि मध्यम बर्षा भएको छ ।

 

 

 

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहने छ।

 

 

प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

 

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ ।

 

 

 

प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

 

 

त्यस्तै आज राती प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ।

 

 

 

प्रदेश १ र प्रदेश नं २का थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

 

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

 

 

प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

 

 

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेकाे छ।

 

 

प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ