मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

काठमाडौं। मन्त्रिपरिषद् बैठक आज बस्दै छ । चार दिनदेखि अविरल वर्षापछि आएको बाढी र पहिरोले पुर्‍याएको क्षतिबारे छलफल गर्न बैठक बस्न लागिएको हो ।

 

 

 

बाढी र पहिरोले देशभर पु‍र्‍याएको जनधनको क्षति र राहत तथा उद्धारका लागि आवश्यक निर्णय गर्न मनित्रपरिषद् बैठक बस्न लागेको बताईएको छ ।

 

 

 

बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।