व्लुबुक र लाइसेन्स पत्तालगाउन एसएमए गरे पुग्ने

काठमाडौं। ट्राफिक प्रहरीको कारवाहीमा परेको कागजात ट्राफिक प्रहरीको कुन कार्यालयमा रहेको छ भनी जानकारी एसएमएसबाटै लिन सकिने सुविधा आज (शुक्रबार)देखि लागु गरेको छ ।

 

 

 

लामो समयसम्म कागजात लिन नआउने र प्रहरीले धेरै कागजात राख्दा हराउन सक्ने र कार्यालय यकिन हुन नसक्दा सेवाग्राहीले दुख पाएको भन्दै प्रहरीले यो सुविधा आजबाट लागु गरेको जनाएको छ ।

 

 

ट्राफिक प्रहरी कारवाहीमा परेपछि लिएको लाइसेन्स, व्लुवुक लगायतका कागजात कुन कार्यालयमा रहेको छ भनी जानकारी लिन इ सी एच एल एन टाइप गरी एक स्पेस छाडेर आर्थिक वर्ष र चिट नम्बर लेखि ३४००१ मा एसएमएस पठाए सबै जानकारी प्राप्त हुने प्रहरीले जनाएको छ ।

 

 

 

यो सुविधा काठमाडौं उपत्यका भित्रका काठमाडौं, ललितपुर र भक्तपुर बाट ट्राफिक प्रहरीको कारवाहीमा परेकाहरुले मात्र लिन सकिने छ ।

 

 

 

यस अघि कारवाहीमा परेको कागजात ट्राफिक प्रहरीले कार्यालय गत रुपमा पठाउदै अन्त्यमा सम्बन्धित जिल्लामा समेत पठाउने गर्दा हराउने समस्या समेत आउने गरेको थियो । अव यो जानकारी म्यासेजबाटै लिन सकिने भएको छ ।