आज दिउँसो यी प्रदेशहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

हाल नेपालमा असर गर्ने उलेखनिय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

 

 

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक(दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

 

 

आज दिउँसो प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने छ।प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

 

देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशहका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।