सिनामंगलबाट ११ अफगान नागरिक पक्राउ

काठमाडौं ।काठमाडौंको सिनामंगलबाट ११ अफगान नागरिक पक्राउ परेका छन् ।प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार बिहान उनीहरु बसेको घरमा छापा हानेर पक्राउ गरेको हो ।

 

 

सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए । उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।

 

 

पक्राउ परेका मध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।

 

 

 

अफगान नागरिक सुनौली नाकाबाट नेपाल भित्रिएको सूचना ढिलो गरेर सुरक्षा संयन्त्रले पाएको थियो । आइतबार मात्रै यसबारे जानकारी पाएपछि गैरकानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारेको छ ।