काठमाडौंको कपुरधाराबाट पेस्तोल र गोली बरामद

काठमाडौं। काठमाडौंको कपुरधारास्थित एउटा घरबाट पेस्तोल बरामद भएको छ । मुना श्रेष्ठको घरको कोठा खानतलासी गर्दा पेस्तो फेला परेको महानगरिय प्रहरी बृत लैनचौरले जनाएको छ ।

 

 

 

उक्त कोठामा सोलुखुम्बु देउसाका मिलन कुमार राईले डेरा गरी बस्थे । लामो समयदेखि सम्पर्कमा नआएका सोलुखुम्बु देउसाका मिलन राइको कोठा खोल्न घर धनीले आग्रह गरेपछि कोठा खोलेर खानतलासी गर्दा पेस्तोल फेला परेको बृत्तका प्रमुख दुर्गा प्रसाद दाहालले बताए ।

 

 

 

 

राइ ७ महिनादेखि सम्पर्कविहिन भएको धरधनीले बताएका छन् । कोठाबाट एक थान पेस्तोल, म्याग्जीन र ४ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।