सार्वजनिक यातायतामा अप्रत्याशित र मनपरी ढङ्गले भाडा असुलेको भन्दै अखिल(क्रान्तिकरी)का अध्यक्ष गजुरेलद्धारा प्रेस विज्ञप्ति जारी

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले सार्वजनिक यातायातमा अप्रत्याशित ढङ्गले भाडा असुल्ने काम भइरहेको प्रति विज्ञप्तिमार्फत घोर विराेध जनाइएकाे छ।

 

 

हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सबै प्रकारका विकृति र विसङ्गतिका विरुद्ध निरन्तर सङ्घर्षरत रहँदै आएको कुरा सर्वविद्वितै छ ।

 

 

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका साथै महँगी, भ्रष्टाचारलगायत समाजमा हुने हरेक प्रकारका विभेदका विरुद्ध निरन्तर आन्दोलित छ ।

 

केही दिनदेखि सार्वजनिक यात्रुवाहक सवारी साधनमा अप्रत्याशित र मनपरी ढङ्गले भाडा असुल्ने काम भइरहेकोप्रति हाम्रो सङ्गठन उक्त कार्यको घोर विरोध एवम् निन्दा गर्दछ ।

 

 

सार्वजनिक सवारीले मनपरी ढङ्गले भाडा असुल्ने र स्थानीय समितिहरुले समेत मनलाग्दी ढङ्गले भाडा वृद्धि गरेर लुट मच्चाइरहेको हुँदा अविलम्ब वैज्ञानिक भाडा दर कायम गरी लागू गर्न नेपाल सरकार र सम्बन्धित पक्षसँग जोडदार अपिल गर्दछौं । अन्यथा, सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौं ।

 

 

यसैगरी, यही कात्तिक ७ गते चिकित्सा शिक्षा अध्ययन संस्थानले झण्डै ४ गुणा परीक्षा शुल्क वृद्धि गरी रु. २,५०० बाट एकाएक रु. ९,००० पु¥याएकोप्रति हाम्रो सङ्गठन उक्त निर्णयप्रति खेद व्यक्त गर्दछ भने माफिया र दलालहरुलाई पोस्ने निर्णय अविलम्ब खारेज गर्नसमेत जोडदार माग गर्दछौं ।