आज दिउँसो देशका केही स्थानहरुमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ।

 

 

 

हाल मौसमको अवस्था देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।

 

 

 

आज दिउँसो देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र तराईका भुभागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ।

 

 

देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

 

 

त्यस्तै आज राती शको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र तराईका भुभागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ।

 

 

देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

 

 

 

देशका थोरै स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेकोले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउनु हुन अनुरोध छ