बाजुराको कोल्टी विमानस्थलमा एक सातादेखि सयौं यात्रु अलपत्र, ५ हजारको टिकटमा ९ हजारसम्म असुली

काठमाडौं। बाजुरा जिल्लाको एक मात्र कोल्टि विमानस्थलमा जहाज नपाउदा सयौं यात्रु एक साता देखि अलपत्र परेका छन्।

 

बेमौसमि बर्षाका कारण कर्णालि राजमार्ग र मार्तडी कोल्टि सडकखण्ड अबरोध भएपछि कोल्टिमा सयौँ यात्रु एक सातादेखि अलपत्र परेका हुन्।

 

सम्बन्धित निकायले चासो नदिदा सर्वसाधारण मर्कामा परेका छन् भने एयरलाइन्सहरूले पाँचहजार भाडा तोकिएको भए पनि सर्वसाधारणबाट ८/९ हजारसम्म असुल्ने गरेको यात्रुहरूले बताउने गरेका छन्। 

 

त्यस्तै पहुँच वालाले आफ्ना मान्छेलाइ सेटिङ मिलाएर टिकट मिलाउने गरेका छन् भने पहुँचको भरमा एयरलाइन्सका कर्मचारीहरूले जति सक्दो दादागिरी चलाइ रहेका स्थानीयले बताएका छन्। 

 

 

 

टिकट नपाउदा बिरामी असाहय अशक्त समेत अलपत्र परेका छन् । बिरामीलाइ प्रथमिकता दिनु पर्नेमा पहुँचका भरमा टिकट वितरण भइरहेको यात्रुहरूले गुनासो गरेका छन् ।

 

 

अहिले समिट र तारा एयरलाइन्सको दैनिक १ /१ उडान भएपनि यात्रुको चाप निकै बढी भएकाले थेक्न मुस्किल भएको एयरलाइन्सका कार्मचारीले बताउने गरेका छन्।

 

 

 

 बिमानस्थलमा भिड व्यबस्थापन गर्न निकै समस्या परेको प्रहरीले बताएका छन् । एक साता यता हवाई सेवा नियमित हुन नसके पछि भिडभाड भएको प्रहरीको जनाएको छ।  

 

 

 

 कोल्टिमा यात्रुहरुको ब्यबस्थापन गर्न निकै ग्राहो भएको सयौ यात्रुहरु टिकटको पर्खाइमा रहेको एयरलाइन्सका कर्मचारीले वताएका छन् ।

 

 

 

त्यस्तै एकातिर यात्रुको चाप अर्को तिर जहाजको टिकटमा मनोमानी हुने गरेको पाईएको छ । कोल्टि बाट नेपालगञ्ज ५ हजार ५ सय भाडादर कायम गरिएको भएपनि निजि एयरलाइन्सले मनोमानी भाडा असुलि रहेको स्थानियले वताएका छन्।

 

 

 

राज्यका कुनै पनि निकायले अहिलेसम्म बाजुरामा भएका एयरलाइन्सका अफिसमा नत अनुगमन हुन्छ न नियमन नै, जसले बढी पैसा तिर्न सक्यो उहि जहाज चढन पाउने गरेको एक स्थानियले दुखेसो गरेका छन्।

एयरलाइन्सहरूले एक यात्रु बाट ८/९ हजार भन्दा बढी पैसा असुल्ने गरेको पाईएको छ।

 

 

दशैं मनाउँन घर आएकाहरु फर्किन थाले पछि एयरलाइन्सहरूले पनि मौकाको फाइदा उठाउन तोकिएको भन्दा बढी भाडा असुल्दै आएका छन्।

 

यता बर्षाले सडक अबरोध भएपछि यात्रुहरू हवाई सेवा प्रयोग गर्न बाध्य भएकोले कोल्टीमा यात्रुले टिकट पाउन समस्या भएको हो। 

 

 

 

बाजुरा, हुम्ला, मुगुलगाएतका जिल्लाबाट आएका यात्रुहरूले टिकट नपाउँदा कोल्टी बजारमै हप्ता दिन देखि अलपत्र परिरहेका छन् ।

 

 

 

असोज २८ गते विरामी लिएर कोल्टी आएका व्यक्ति समेत नेपालगञ्ज र धनगढी जान नपाएको गुनासो गरि रहेका छन्।

 

 

 

पहँचको भरमा टिकट पाइराखेका छन्, हामीले अहिलेसम्म टिकट पाउन सकेका छैनौं हाम्रो आफ्नो भन्ने कोही छैन।   टिकटका लागि ल्याएको पैसा समेत सकिएकाले खान बस्नै समस्या भएको उनिहरूले गुनासो गर्ने गरेका छन्। 

 

 

 

 सिता एयरलाइन्सले कार्तिक १ गते बाट एउटा पनि उडान नगरेको र नेपाल एयरलाइन्सले १ गते देखि अहिले सम्म ३ वटा उडान मात्र गरेको एयरलाइन्सका कार्मचारीले बताएका छन् ।

 

 

 

बेमौसमी वर्षाका कारण कोल्टी मार्तडी सडकखण्ड  र कर्णाली राजमार्ग अवरुद्ध हुँदा बाजुरामा हवाई सेवा बाहेक आवत जावतको अन्य कुनै विकल्प नभएकोले अहिले यस्तो अवस्था आएको हो। 

 

 

 

सुदूरपश्चिमका अन्य जिल्लामा यात्रु नपाएको समाचार बिभिन्न सञ्चारमाध्यमा आएको भए पनि बाजुरामा भने सयौ यात्रु  अलपत्र परि रहेका छन् । सम्बन्धित निकायको छिटो भन्दा छिटो ध्यान पुग्न जरूरी छ।