नेपालको यात्रा समूह चरणमै टुङ्गियो,अन्तिम खेल आइतबार हुने

काठमाडौं। आयोजक ताजाकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको एएफसी यु–२३ एसियन कप छनोट यात्रा समूहचरणमा सीमित बनेको छ ।

 

 

समूह ‘बी अन्तर्गतको खेलमा बिहीबार नेपाल आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको अघिल्लो चरणको यात्रा समाप्त भएको हो ।

 

 

खेलको सुरुआतबाटै ताजिकिस्तानको दबाबमा खेलेको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा थप ३ गोल खाएको थियो । समूह ‘ मा लगातार दोस्रो हारपछि नेपालको छनोटचरण पार गर्ने लक्ष्यमा पूर्णविराम लागेको हो ।

 

 

यता नेपालमाथिको जितपछि ताजिकिस्तानले भने शीर्ष स्थानमा बस्दै आगामी वर्ष उज्वेकिस्तानमा आयोजना हुने एएफसी यु–२३ एसियन कपमा छनोट हुने सम्भावना प्रबल बनाएको छ ।

 

 

दुई खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ भने समान खेलमा समान ६ अंक जोडेको इरान गोलअन्तरमा पछि पर्र्र्दै दोस्रो स्थानमा छ । नेपाल र लेबनान लगातार दोस्रो खेलमा निराश बने ।

 

 

यसअघि सोमबार भएको पहलो खेलमा नेपालले इरानलाई ४–० को नतिजा सुम्पिएको थियो भने लेबनानले ताजिकिस्तानलाई १–० को नतिजा सुम्पिएको थियो ।

 

 

बिहीबार भएको पहिलो खेलमा इरानले लेबनानलाई २–० ले हराएको थियो । ११ समूह रहेको छनोटचरणबाट प्रत्येक समूहको समूहविजेता र चार उत्कृष्ट उपविजेता सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु २३ एसिया कपका लागि छनोट हुनेछन् ।

 

नेपालले अन्तिम खेलमा आइतबार लेबनानको सामना गर्ने छ ।