सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

 

 

छापावाला सुन आज नेपाली बजारमा तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

त्यस्तै तेजावी सुन आज तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

यता चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेर तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।