कम्प्युटर माउसको नाम यसरी रह्यो : यस्तो छ माउसको रोचक इतिहास

काठमाडौं । बाह्य संसारमा कुनैपनि चिजलाई उठाउन वा कतै लैजानका लागि हातको प्रयोग गरिन्छ । तर कम्प्युटरको संसारमा भने यही कामका लागि माउसको प्रयोग हुन्छ ।

 

 

स्क्रिनमा कुनै पनि फाइललाई एक ठाउँबाट अर्को ठाउँमा लैजानका लागि वा कुनै पनि आइकनमा क्लिक गर्नका लागि हामीले माउसको सहयोग लिन्छौँ ।

 

 

यतिधेरै उपयोगी तथा कामकाजी तथा कम्प्युटरको महत्वपूर्ण डिभाइसको रुपमा रहेको यो चिजको नाम माउस अर्थात् मुसा किन राखियो होला भन्ने बारेमा के तपाइँले कहिल्यै सोँच्नुभएको छ ?

 

कहिले भयो माउसको आविष्कार?

 

माउसको आविष्कार सन् १९६० को दशकमा डग्लस कार्ल एन्जेलबर्टले गरेका हुन् । माउसको आविष्कार हुने बेलामा यसको नाम प्वाइन्टर डिभाइस राखिएको थियो ।

 

 

अनौठो त के भने एन्जेलबर्टले संसारको पहिलो माउस काठबाट बनाएका थिए । साथै उक्त माउसमा धातुका दुईवटा पांग्राको प्रयोग गरिएको थियो ।

 

यसरी रह्यो माउसको नाम

 

माउसको आविष्कार भएसँगै यसको यसको नामाकरणको कुरा चल्यो । वास्तवमा माउसको डिजाइन तथा आकार प्रकार झ्वाट्ट हेर्दा बसिरहेको मुसाजस्तै देखिन्छ ।

 

 

साथै माउसको पछाडिबाट निस्कने तार वास्तवमा मुसाको पुच्छरजस्तै प्रतित हुन्छ । यद्यपि अहिले वायरलेस माउस आइसकेका छन् ।

 

 

जसरी मुसाले फुर्तिसाथ सबै काम गर्दछ उसैगरी माउसले पनि कम्प्युटरमा सारा काम गर्न सहयोग गर्दछ । त्यो सबै कुराको विश्लेषण पश्चात् उक्त प्वाइन्टिंग डिभाइसको नाम माउस राखियो ।

 

अर्को रोचक तथ्य

 

माउसको नाम माउस र प्वाइन्टिंग डिभाइसका अलावा अर्को पनि राखिएको छ, त्यो हो टर्टल । किनकी माउसको आकार एक प्रकारले कछुवाकै जस्तो पनि देखिन्छ र यसको बाहिर हिस्सा कछुवाको खपटो जत्तिकै बलियो पनि हुन्छ ।

 

 

तर कछुवाको गति निकै कम हुने भएकाले मुसा जस्तै छिटो हुने यो डिभाइसलाई टर्टल नभएर माउसकै नामबाट चिनियो। एजेन्सी,