एमाले महाधिवेशनमा सहभागी प्रतिनिधिको संख्या बढाउने

काठमाडौं। नेकपा एमालेले आफ्नो पार्टीको १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाउने भएको छ ।

 

 

 

एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो।

 

 

 

संघीय निर्वाचन क्षेत्रमा रहेका एमालेका संगठित सदस्य संख्याका आधारमा महाधिवेशन प्रतिनिधिको संख्या निर्धारण हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

 

 

 

प्रतिनिधि छनोट भने कात्तिक २७ हुने बताइएको छ ।एमाले केन्द्रीय कमिटीको अर्को बैठक मंसिर ९ गते चितवनको सौराहामा बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए।

 

 

एमालेको दशौं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ।