शेयरबजारमा आज सामान्य अंकको सुधार

काठमाडौं । शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । आज (बुधबार) शेयर कारोबार मापक नेप्से परिसूचक १.८९ अंकले बढेर २७३५.०१ विन्दुमा पुगेको छ ।

 

 

 

सामान्य अंकले बढेको बजारमा आज नेपाल टेलिकमले सबैभन्दा धेरै कारोबार गरेको छ । आज टेलिकमको आज कम्पनीको २६ करोड १५ लाख ५८ हजार ८ सय ३४ रूपैयाँ बराबरको कारोबार भएको छ । हिजो पनि नेपाल टेलिकमकै सर्वाधिक कारेबार भएको थियो ।

 

 

 

त्यसैगरी, आइसिएफसि फाइनान्स, अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर, आइएमइ जनल इन्स्योरेन्स, अरुण काबेली पावर, महालक्ष्मी विकास बैंक, हिमाल दोलखा हाइड्रोपावर, ङादी ग्रुप पावर र नबिल बैंक लिमिटेड रहेका छन् ।