आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भुभागहरुका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।,हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

 

 

हाल मौसमको अवस्था देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ।

 

 

 आज दिउँसो देशको पहाडी भूभागहरुमा आँशिक देखी सामान्य बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरुका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आँशिक बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरुका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 

 

देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहनुको साथै देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।