क्यासिनो र्‍याडका मजदुरले पाउने करोडौं रकम मालिकद्धारा हिनामिना  

काठमाडौं। काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिशनमा सञ्चालित क्यासिनो र्‍याडका मजदुरले अहिलेसम्म तलव तथा सेवासुविधा केही पनि नपाएको भन्दै श्रम तथा रोजगार कार्यलय टेकु पुगेका छन्।  

 

 

 

 क्यासिनोले मजदुरले पाउने आधारभूत तलवको १० प्रतिशत कट्टा गरी सोही बराबरको रकम थप गरी कर्मचारी संचयकोषमा जम्मा गर्नु पर्नेमा क्यासिनो -याडले २०६७ साल देखी २०७० सम्म कर्मचारी तथा मजदुरहरूको  रकम काटे पनि संचयकोषमा जम्मा नगरेर हिनामिना गरेको कर्मचारी तथा मजदुरहरूले बताएका छन्।  

 

 

सरकारले कानुन बमाेजिम नेपाली नागरिकलाइ जुवा खेलाउन नहुने भन्दै क्यासिनाेकाे बेतिथी राेक्न बन्द गर्दा क्यासिनाे -याडका कर्मचारी तथा मजदुरले पाउने रकम समेत अहिलेसम्म मालिकले नदिएकाे पिडितहरूले बताएका छन्।

 

 

मजदुरहरूले आफ्नाे रहेकाे बाँकी बक्याैता पाउ भन्दा मालिकले क्यासिनाे छिट्टै खुल्छ त्यसपछि हिसाव किताव गराैंला भन्दै झारा टार्ने काम बाहेक अरू केही नगरेकाे पिडित मजदुरहरूले हाम्राे अनलाइनकाे कार्यलयमा आएर गुनासाे गरेका छन्।  

 

 

मजदुरले पाउने रकम तिर्न अस्वीकार गर्दै आएका -याड क्यासिनोका मालिकविरूद्ध श्रम कार्यलयमा मजदुरहरूले उजुरी दिएपछि श्रम कार्यलयले मालिक किशाेर सिलवाललाइ बाेलाएर बाँकी रहेकाे मजदुरकाे बक्याैता रकम पिडितहरूलाइ दिनुभन्दा पनि अहिलेसम्म नदिएकाे उनिहरूले बताएका छन्।

 

 

 

 मजदुरहरु वहाल रहेको अवधिमा कटिएकाे संचयकाेष दिनुपर्ने र बाँकी रहेको वक्यौता क्यासिनाे -याडले छिटाे भन्दा छिटाे मजदुरलाइ दिन श्रम कार्यलय टेकुले आदेश दिदा पनि अहिलेसम्म नदिएकाे उनिहरूले बताएका छन्।

 

 

क्यासिनाे -याडका कर्मचारी तथा मजदुरहरूले ४० महिनाकाे संचयकाेष वापतकाे रकम श्रम कार्यलयले दिनु भन्दै सहमति गरे पनि अहिलेसम्म आफुहरूले नपाएकाे उनिहरूले बताएका छन्।

 

 

याे विषयमा बुझ्न हामीले अखिल नेपाल हाेटल क्यासिनाे तथा रेष्टुरा मजदुर संगठनका केन्द्रिय सदस्य तथा क्यासिनाे -याड इकाइका सचिव रामशरण गजुरेलसँग सम्पर्क गरी बुझ्नदा उनले भनेका छन्। 

 

 

 

याे विषयमा हामीले व्यवस्थापकलाइ पटक पटक जानकारी गरायाैं तर व्यवस्थापकबाट मजदुर विराेधि गतिविधि बाहेक अरू केही हुन सकेन अब हामी कि गर कि मरकाे अवस्थामा छाैं केही मजदुर साथीहरू श्रम कार्यलयसम्म पुग्नु भएकाे छ।

 

 

 

श्रम कार्यलयले गरेकाे निर्णयसम्म नमान्ने अवस्थामा व्यवस्थापक पुगेकाे छ, अब याे श्रमकाे निर्णय कार्यनयन गराउन राज्यका निकायसम्म पुग्ने र मजदुरलाइ न्याय जसरी भए पनि दिलाउने गजुरेलले जानकारी दिएका छन्। 

 

 

त्यस्तै श्रम कार्यलयले विश्वनाथ पुलामी  र क्षेत्र बहादुर खातीकाे नाममा बक्याैता रकम दिनु भनी आदेश दिदासम्म व्यवस्थापकले अहिसम्म नदिएर आलटाल गरि रहेकाे पिडित मजदुरहरू आफैले जानकारी गराएका छन्।

 

 

क्यासिनाे -याडले मिति २०७२ साउन १४ गते भएकाे सम्झाैता अनुसार भुक्तानी गर्न बाँकी बक्याैता रकम ,मिति २०७६ पुस २७ गतेसम्म श्रम कार्यलयमा भएकाे सहमति वमाेजिम दिनु पर्ने पिडितले बताएका छन्।

 

 

त्यस्तै सन् २०१० देखि २०१४ सम्म ४० महिनाकाे श्रम नियमावली २०५० काे नियम २६ अनुसार र श्रम ऐन २०७४ काे दफा ५२ अनुसार संचयकाेष वापतकाे रकम साथै श्रम नियमावली २०५० काे नियम २३ वमाेजिम र श्रम ऐन २०७४ काे दफा ५३ वमाेजिम उपदान वापतकाे रकम उनिहरूलाइ दिन काठमाडाैं स्थित क्यासिनाे -याडलाइ भुक्तानी दिन श्रम कार्यलयले आदेश गरेकाे थियाे। 

 

 

 

त्यस्तै कल्याणकारी काेषकाे वारेमा तत्कालिन श्रम नियमावली २०५० का नियम १४ र श्रम नियमावली २०७५ काे नियम ८४ अनुसार भए गरेकाे विवरण सम्बन्धित श्रमिक र श्रम कार्यलयलाइ जानकारी गराउने आदेश गरिएकाे छ।

 

 

 

 त्यस्तै तत्कालिन श्रम ऐन २०४८ काे दफा ३७ वमाेजिम श्रमिकहरूबाट रकम कट्टा गरिएकाे भए साे रकम सम्बन्धित मजदुरहरूलाइ हिसाब किताबकाे विवरणसहित जानकारी गराउने गरी श्रम ऐन २०७४ काे दफा १६३  (२) अनुसार निर्णय गरिएकाे छ। 

 

 

 

मजदुरहरुले क्यासिनो -याडबाट करोड रुपैयाँ लिन बाँकी रहेको उनिहरूले दाबी गरेका छन्। क्यासिनो र्याडले सरकारलाइ तिर्ने करोडौं रुपैयाँ बक्यौता अझै बाँकी राखेकाे मजदुरहरूले जानकारी दिएका छन्। रोयल्टी नतिरेपछि सरकारले २०६८ साल असार २ गते क्यासिनो बन्द गर्ने निर्णय गरेको थियो।