नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ९१८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर व१५४ तथा एन्टिजेन विधिबाट ४ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३४२ जना संक्रमणमुक्त भएका छन । नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ६ हजार ९६६ रहेको छ ।

 

 

 

यही अवधिमा थप २ जनाको मृत्यु भएको छ भने नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार ५२३ जनाको मृत्यु भइसकेको मन्त्रालयले उल्लेख गरेको छ ।