काँग्रेसको १४ औ महाधिवेशनमा बाजुरा जिल्लाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जनकराज गिरीको घोषणा

काठमाडौं। नेपाली काँग्रेस बाजुराका महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य नेता जनकराज गिरीले नेपाली काँग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। 

 

 

 

बाजुरा जिल्लामा महाधिवेशन प्रतिनिधिमा सबै भन्दा बढी मत ल्याएर विजय हुनुभएका गिरीले केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो ।

 

 

 

 नेपाली काँग्रेस बाजुराका निष्ठा र त्यागी, कुशल संगठक बैचारिक ब्यक्तित्व भनेर पहिचान बनाउनु भएका नेता तथा पूर्व भूमिसुधार सहायक राज्य मन्त्री जनकराज गिरिले आफुलाइ केन्द्रिय सदस्यमा जिताउन सबै महाधिवेशन प्रतिनिधिहरूलाइ आग्रह समेत गर्नुभएकाे छ।
 

 

 

 

नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशन यहि मङ्सिर २६ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय नेता गिरीले विकासकाे लागि बाजुरा जिल्लामा ठूलाे टेवा पुर्याउदै आउनु भएकाे स्थानीयहरूले बताउने गरेका छन्।