सोमालियामा एचआइभी संक्रमण घट्यो

मोगादिसु । पहिले पहिले एच आचआइभी एड्स निकै बढ्दो क्रममा रहेको सोमालियामा अहिले भने एड्सको संक्रमण घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

 

 

 

ती विश्व स्वास्थ्य संगठनका अधिकारीहरुका अनुसार यहाँ पछिल्ला १४ वर्षमा एड्सको संक्रमण दिन प्रतिदिन घट्दै गएको पाइएको हो ।

 

 

 

यहाँ १४ वर्षअघि निकै नै जोखिमको अवस्थामा रहेको एड्स संक्रमणको अवस्था थियो सोमालियाको विशेष गरी उत्तरी क्षेत्र गारोए र बोसासामा, तर ती क्षेत्रमा पनि अहिले एड्सको संक्रमण दरमा निकै नै कमी आएको पाएएको छ ।

 

 

 

विश्व स्वस्थ्य संगठनका सोमालियाका लागि प्रतिनिधि माउमर रहमानले समयमै यसको परीक्षण गराउने एड्सको संक्रमण देखिएपछि औषधि उपचार थाल्ने गर्दा यसको सङ्क्रमण घट्दै जाने देखिएको उनले बताएको छ ।

 

 

 

 

यही डिसेम्बर १ मा आयोजना गरिने विश्व एड्स दिवसका आवसरमा विश्व स्वास्थ्य संगठनद्धारा सो तथ्यांक अधि सारिएको छ ।सो संगठनले पछिल्ला वर्षहरुमा अफ्रिकाका देशहरुमा समेत एड्सको संक्रमण दर घट्दै गएको पनि देखिएको बताइएको छ ।