राष्ट्रघाती एमसीसी पारित गर्ने षड्यन्त्रविरुद्ध,मङ्सिर २४ गते हुने सशक्त विरोध प्रदर्शनमा देशभक्तहरुलाई सहभागी हुन आह्वान

काठमाडाैं। नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालसहित २६ राजनितिक संगठनले  राष्ट्रघाती एमसीसी पारित गर्ने षड्यन्त्रविरुद्ध यही मङ्सिर २४ गते हुने सशक्त विरोध प्रदर्शनमा सहभागी हुन सबै देशभक्त नेपालीहरुलाई आन्दोलनमा आबद्ध २६ राजनीतिक दल÷सङ्गठनहरुको तर्फबाट सीपी गजुरेलद्धारा विज्ञप्तिमार्फत जोडदार आह्वान गर्नुभएको छ।

 

 

यही मङ्सिर १६ गते देउवा नेतृत्वको गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मङ्सिर २८ गते संसद्को अधिवेशन बोलाइएको छ ।

 

अमेरिकी उपविदेशमन्त्रीद्वारा एम.सी.सी. पारित गर्नका लागि तोकिएको समयसीमाभित्र बोलाइएको अधिवेशन त्यसै प्रयोजनका लागि हो भन्ने स्पष्ट छ ।

 

 

यदि यो एम.सी.सी. सम्झौता पारित भयो भने नेपालले आफ्नो स्वाधीनता गुमाउनुपर्ने र हाम्रो देश विदेशी शक्तिहरुको क्रिडास्थल बन्ने कुरा जगजाहेर नै छ ।

 

 

यस प्रकारको स्थिति सिर्जना हुन नदिनका लागि हामीले राष्ट्रघाती एम.सी.सी. सम्झौता खारेजीका लागि सङ्घर्ष गर्दै आएका छौं ।

 

 

उक्त सम्झौता संसद्मा पेस हुन र पारित हुन नदिनका लागि दबाव सिर्जना गर्न आगामी मङ्सिर २४ गते सशक्त विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरेका छौं ।

 

यस कार्यक्रममा सहभागी हुन हामी सबै देशभक्त नेपालीहरुलाई जोडदार आह्वान गर्दछौं ।

 

 एम.सी.सी. सम्झौता खारेजी आन्दोलनमा आबद्ध राजनीतिक दल÷सङ्गठनहरु ;

१. नेकपा (क्रान्तिकारी माओवादी) २.नेकपा (माले) ३. नेपाल कम्युनिस्ट पार्टी ४. नेपालका लागि नेपाली ५. उन्नत लोकतन्त्र पार्टी ६. नेपाल कम्युनिस्ट पार्टी ७. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ८. नेकपा (माओवादी केन्द्र समाजवादी) ९. नेकपा (माओवादी मोर्चा) १०. राष्ट्रिय जागरण मञ्च ११. जनसमाजवादी पार्टी १२. नेकपा (संयुक्त) १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी १४. नेकपा (बोल्शेविक) १५. एम.सी.सी. खारेज अभियान
१६. पुष्पलाल अध्ययन समाज १७. स्वतन्त्र राष्ट्रिय अभियान १८. नेकपा माक्र्सवादी (पुष्पलाल) १९. राष्ट्रिय जागरण अभियान २०. नेकपा (जनवादी) २१. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) २२. माक्र्सवादी एकता अभियान २३. नेकपा (माक्र्सवादी) २४. राष्ट्रिय समाजवादी मञ्च, नेपाल २५. राष्ट्रिय जागरण परिषद् नेपाल
२६. समाजवादी ज्ञान केन्द्र लगाएतका पार्टीहरूकाे सहभागीता रहने छ।