महाधिवेशनस्थल भृकुटीमण्डप वरपर कांग्रेसले सुरु ग-यो सफाइ

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा जम्मा भएको फोहर सफाइ गर्ने अभियान सुरु गरिएको छ ।

 

 

पार्टीको १४औँ महाधिवेशन केन्द्रीय प्रचारप्रसार समितिले सफाइ अभियान सुरु गरेको हो । महाधिवेशनस्थलमा जम्मा भएको उम्मेदवारका प्रचारप्रसार सामग्रीले भृकुटीमण्डप एवं राष्ट्रियसभा गृह अघिको सडक क्षेत्र प्रदूषित बनेको थियो ।

 

 

महाधिवेशनको प्रचारप्रसारका लागि टाँगिएका तुल, ब्यानरलगायत सामग्री पनि हटाउन थालिएको छ ।

 

 

 

महाधिवेशनका क्रममा प्रयोग भएका सामग्रीले शहरको सुन्दरतामा प्रभाव पार्ने भएपछि सफाइ अभियान सुरु गरिएको समितिका सदस्य सचिव दीनेश थापामगरले जानकारी दिए ।

 

 

 

यसैगरी उपत्यकाका अन्य स्थानमा राखिएका प्रचारप्रसार सामग्रीसमेत हटाइने उनले बताए। समितिमार्फत उपत्यका विभिन्न स्थानमा निर्माण गरिएका मूल ढोकालगायत प्रचारप्रसारका तुल, ब्यानर पनि हटाइने जनाइएको छ ।