कांग्रेसको १४ औं महाधिवेशन : उपसभापतिमा गुरुङ अग्रता,गच्छदार र खड्काको बराबर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् ।

 

 

बुधबार पार्टी कार्यालय सानेपामा गरिएको मतगणनामा पहिलो पटक सार्वजनिक मतपरिणाम अनुसार ६०० मत गणना हुँदा गुरुले २८५ मत प्राप्त गरेका छन् ।

 

पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार समान २४६ मत ल्याएका छन् । चन्द्र भण्डारीले २१५ मत ल्याएका छन् ।

 

 

त्यस्तै सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ र दिव्येश्वरी शाहले ७ मत पाएका छन् । बुधबार साँझबाट पार्टी कार्यालय सानेपामा ३ ठाउँमा मतगणना गरिएको छ।