‘कृषि क्षेत्रमा कम बजेट’

काठमाडौं।धान, गहुँ, तरकारी उत्पादनमा ठूलो सम्भावना बोकेको कपिलवस्तुका पालिकाहरूले न्यून बजेट विनियोजन गरेको गुनासो गरिएको छ।

 

 

मुलुक संघीयतामा जानुअघि जिविस, नगरपालिका र गाविसमा कुल बजेटको १५ प्रतिशत अनिवार्य रूपमा छुट्ट्याउनुपर्ने नियम बनाइएको थियो।

 

 

अहिले पालिकाहरूले कपिलस्तुमा न्यून बजेट विनियोजन गरेका छन्। चालु आर्थिक वर्ष ०७८/७९ मा कपिलवस्तुका अधिकांश पालिकाले कृषि क्षेत्रमा नाम मात्रको बजेट नियोजन गरेका हुन्।

 

 

 

कृषि ज्ञान केन्द्रले तौलिहवामा स्थानीय तहका कृषि प्राविधिकसँग राखेको गोष्ठीमा पालिकाका कृषि शाखा प्रमुखहरूले यस्तो गुनासो गरेका हुन्।

 

 

सो अवसरमा सुदीप मौर्यले मुलुक संघीयतामा जानुअघि कृषि क्षेत्रका लागि १५ प्रतिशत बजेट विनियोजन गरिएको भए पनि अहिले भने कृषि क्षेत्रलाई सौताको छोरा जस्तै व्यवहार गरिएको बताए।

 

 

 

‘अहिले कृषि क्षेत्रका लागि बजेटको कुनै सुनिश्चितता छैन, कसरी कृषि क्षेत्रको विकास हुन्छ ? उनले भने। ११ वटा वडा भएको कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा चालु आर्थिक वर्ष २०७८/७९ का लागि कृषि क्षेत्रमा ५० हजार बजेट छ।

 

 

पालिकाका कृषि प्रमुख उदयराज पासीले आफूहरूले विभिन्न कृषिका योजना र कार्यक्रम पेस गरे पनि पालिकाले ५० हजार मात्र बजेट दिएको बताए।

 

 

 

सो पालिकामा लुम्बिनी प्रदेश सरकारबाट ५० हजार र संघीय सरकरबाट २८ लाखको कृषि कार्यक्रम आएको उनले बताए।नागरिक दैनिकबाट,