ईक्यान चितवनको उपाध्यक्षमा केशवराज सेढाईको विजय सुनिश्चित

चितवन। नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको उपाध्यक्ष पदमा उम्मेदवारी केशवराज सेढाईले दिएका छन्।
 
 
 
 
 उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेर शैक्षिक परामर्शको क्षेत्रमा विगत दुई दशकदेखि काम गर्दै आउनु भएकाे अनुभव रहेकाे छ।
 
 
 
 
उनले चितवन, मकवानपुर,काठमाडौंलगायतका दर्जनभन्दा बढी कन्सलटेन्सीहरूमा आफ्नो विज्ञताको अनुभव प्रदान गर्नुका साथै ब्रिटिश काउन्सिलबाट पटकपटक शैक्षिक परामर्शको ट्रेनरको तालिम समेत लिईसक्नु भएकाे छ।
 
 
 
चितवनको शैक्षिक परामर्श क्षेत्रको उदयमान मेधावी युवा जसले आफ्नो उम्मेदवारी दिनुको प्रमुख एजेन्डा यी हुन,  प्रदेश सरकारबाट NOC लिन पहल गर्ने,भाषा प्रशिक्षण निर्देशिका संशोधन गर्न पहल गर्ने, शैक्षिक कन्सुलर तालिम प्रदान गर्ने र गुट- उपगुटको राजनीति सदाको लागि अन्त्य गर्न उनले उम्मेदवारी दिएको जानकारी दिएका छन्।
 
 
उनले यस्ता एजेन्डा अगाडी सार्दा विजय सुनिश्चित रहेको शैक्षिक परामर्श क्षेत्रका जानकारहरुले हाम्रो अनलाइनलाई बताएका छन्।
 
 
 
 
 
ईक्यान चितवनको उपाध्यक्षका उम्मेदवार केशवराज सेढाई Next Point Education Counsultancy का म्यानेजिङ्ग डाईरेक्टर समेत हुनुहुन्छ। त्यस्तै सामाजिक क्षेत्रमा समेत उँहाको उल्लेख्य योगदान रहदै आएकाे छ।
 
 
 
 
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को चितवन जिल्ला अधिवेशन पुस १५ गते सौराहामा आयोजना गरिएको ईक्यानले जनाएको छ।