क्रान्तिकारी माओवादी निकट अखिल नेपाल लेखक संघको राष्ट्रिय भेला चितवनमा हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघको आंगिक संगठन अखिल नेपाल लेखक संघको राष्ट्रिय भेला चितवनमा हुँदैछ ।

 

 

 

पौष १७ गते हुने दोस्रो राष्ट्रिय भेलामा देशैभरबाट क्रान्तिकारी तथा जनपक्षीय लेखकहरु चितवनमा जम्मा हुने सम्बद्ध संगठनले जनाएको छ ।

 

 

 

इच्छुक साँस्कृतिक प्रतिष्ठानको आयोजना र अखिल नेपाल लेखक संघको सहआयोजनामा १७ पौषमै चितवनमा “राष्ट्रिय स्वाधीनताका लागि सिर्जना अभियान” विषयक कार्यक्रमको पनि आयोजना गरिएको छ ।

 

 

 

 

उक्त कार्यक्रममा देशैभरबाट आएका स्रष्टाहरुले राष्ट्रिय स्वाधीनताको पक्षमा लेखिएका सिर्जनाहरु प्रस्तुत गर्ने छन् ।
संघको राष्ट्रिय भेला कार्यक्रम चितवनको रत्न नगरमा हुने जनाइएको छ ।