पाल्पामा ४० जना सवार बस दुर्घटना

काठमाडौं। बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना भएको छ ।लु.२ ख ७२७९ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।

 

 

शव लिएर  गएको बसमा ४० जना सवार थिए । बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ।

 

 

दुर्घटनाको थप विवरण भने आउँन बाँकी छ ।