एकै रात ३ पसल लुट्ने दुईजना पक्राउ

काठमाडौं। नारायण नगरपालिका–१ स्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयनजिकका पसल फोडेर लुटपात गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

 

 

एकैरात उनीहरूले ३ पसल लुटेका थिए। प्रहरी चोरी गर्ने पत्ता लगाउन अनुसन्धान थालेसँगै चोरेका सामानसहित चोर पक्राउ गरेको हो।

 

 

पसल लुट्नेहरू १४ र १५ वर्षका दुई बालकहरू बालकको नाम प्रहरीले गोप्य राखेको छ। नारायण नगरपालिकाभित्र स्थायी घर भएका ती दुई बालकले पाण्डे फेन्सी पसल, टोपेन्द्र मोबाइल मर्मत सेन्टर, वशिष्ट भट्टराई पूजा सामग्री खुद्रा तथा तरकारी पसल तोडफोड गरी चोरेका थिए।

 

 

 

चोरी गर्ने ती बालकले घुम्ती फोडेर नगदसहित सामान चोरेर लगेको दैलेख प्रहरीले जानकारी दिएको छ। प्रहरीले चोरेको सामानसहित घुम्ती फुटाउन प्रयोग हुने सामग्री चोरहरूबाट बरामद गरेको छ।

 

 

 

जिल्ला अदालत दैलेखले ५ दिन अनुसन्धानका लागि म्याद थप गरेको छ। पसल चोर्ने बालकलाई प्रहरीभित्र बनाइएको बाल निगरानी केन्द्रमा राखिएको दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वर साहले बताए