सिके राउतका कार्यकर्ता माथी धनुषामा गोली प्रहार

काठमाडौं। जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा परेर पाँच आन्दोलनकारी र आठ प्रहरी जवान घाइते भएका छन्।

 

 

 

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरुले राजमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

 

 

 

झडपमा घाइते भएकाहरुको नाम अहिले खुलेको छैन। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले झडपको क्रममा करिब एक दर्जन अश्रुग्यास प्रहार भएको बताए ।

 

 

 

उनले प्रदर्शनकारीको तर्फबाट ढुंंगामुढा हुन थालेपछि जवाफमा प्रहरीको तर्फबाट अश्रुग्यास प्रहार भएको बताए ।

 

 

 

प्रहरी नायव उपरीक्षक बस्नेतले प्रदर्शनको क्रममा प्रहरीको तर्फबाट दुईजना जवान घाइते भएकाे जानकारी दिएपनि प्रदर्शनकारीहरुको तर्फबाट घाइते भएको बारेमा खुलाएनन् ।

 

 

 

 प्रदर्शकारीका अनुसार झडपको क्रममा प्रहरीले गोली चलाउँदा पाँच जना प्रदर्शनकारी घाइते भएको बताएका हुन्। प्रहरीले भने प्रदर्शनको क्रममा गोली प्रहार नगरिएको दावी गरेको छ ।

 

 

सो क्रममा एक जना प्रहरी सहित ५ जना जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन् । जनमत पार्टीका कार्यकर्तामाथी प्रहरीले गोली चलाएको छ ।

 

 

घाईते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह रहेका छन् । वैजनाथ र नथुनीको टाउकोमा गोली लागेकाले दुबै जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

 

 

घाईतेलाई उपचारका लागि नजिकै रहेको वीरेन्द्रबजार स्वास्थ्य चौकीमा लगिएको थियो जहाँ उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

 

 

झडप अहिलेपनि जारी नै रहेकोले राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले त्यहाँ नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ ।