एक सातादेखि हिउँमा फसेका १४ जना मजदुरको ७ दिनदेखि ओढारमा बास,हेलिकप्टरबाट आज उद्धार गरिँदै

सांकेतिक तस्वीर

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका पेल्माको घुसदुङमा सडक निर्माणमा खटिएका १४ मजदुर हिउँमा फसेका छन् । बाक्लो हिउँ परेका कारण उनीहरू एक सातादेखि ओढारमा बसिरहेका छन् ।

 

 

हिउँमा फसेकाहरूमा १० जना पुरुष र ४ जना महिला रहेका छन् । वडा नम्बर २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन ओढारमा कष्टपूर्ण जीवन  बिताइरहेका छन् ।

 

 

 

‘उनीहरू काम गर्ने ठाउँमै फसेको भनेर हिजो मात्रै खबर आएको र गाउँपालिकाबाट परेको योजना अन्तर्गत बाटो निर्माणमा खटिएका उनिहरु बाक्लो हिउँका कारण आउन नसकेका हुन्। 

 

 

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले हिजो बेलुकामात्रै खबर आएकाले उनीहरूको उद्धारको पहल भइरहेको जानकारी दिए ।

 

 

‘हिउँमा फसेका मजदुरको उद्धारका लागि गृहमन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकोप्टर पठाउन आग्रह गरिएको छ र आजै उनिहरू बसेको ठाउँ पहिचान गरेर उद्धार गर्ने सीडीओ बास्कोटाले बताए । उद्धारका लागि सुर्खेतमा हेलिकप्टर तयारी राखिएको छ ।