एमालेले छान्यो कर्णालीमा राष्ट्रियसभा उम्मेदवार

काठमाडौं। कर्णाली प्रदेशबाट राष्ट्रियसभाको चुनावका लागि नेकपा एमालेबाट तीन जना उम्मेदवार चयन गरेको छ। राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझी उम्मेदवार चयन भएका हुन।  

 

 

राष्ट्रियसभाका लागि नौ जनाको नाम केन्द्रमा सिफारिस गरेकामध्येबाट दुई जना र अल्पसंख्यकबाट माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चाज यामलाल कँडेलले बताए।

 

 

 

राष्ट्रियसभाका सदस्य रहेको कालिकोटका जीवन बुढा (माओवादी केन्द्र), रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी) र हुम्लाका कविता वोगटी (एमाले)को फागुन १८ पदावधि सकिँदैछ। अन्य राजनीतिक दलहरुले अहिले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन्।