पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

 

उनको निजी सचिवालयका अनुसार मन्त्रीलाई कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएका छन् ।

 

 

सोमबार रिपोर्ट पोजेटिभ आएको हो । आइतबार उनले पशुपति धर्मशाला, नारायणहिटी दरबार क्षेत्र लगायतको निरीक्षण गरेका थिए।